प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि आज शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले यो वर्षको दशैंमा प्रधानमन्त्रीले बुबाको हातबाट टीका नलगाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यो पटकको दशैंमा आफ्नो निवासमा पत्नी राधिकालाई मात्र दशैंको टीका लगाइदिएका छन् ।