प्रधानमन्त्रीले लगाएनन् टीका, यस्तो छ कारण

प्रधानमन्त्रीले लगाएनन् टीका, यस्तो छ कारण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको टीका लगाएनन् । बुवा झापामा रहेकाले प्रधानमन्त्री ओलीले बडादशैंको टीका लगाउन पाएनन् ।

तर, प्रधानमन्त्री ओलीले प्रथम महिला राधिका शाक्यलाई आज बडा दशैंको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बडादशैंलाई कोभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह गरेका थिए । त्यसैले उनले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिएका थिए ।