काठमााडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाका २ हजार ७२० सहित देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो।
शुक्रबार सबैभन्दा बढी काठमाडौँमा २ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ। यो कूल संक्रमितको आधाभन्दा बढी संख्या हो।
मन्त्रालयका अनुसार बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरका २३६ मोरङका २२३ , काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, भक्तपुरका १२७ जना छन्।
त्यस्तै दाङका ९२, बाँकेका ७९, झापाका ७४, मकवानपुरका ७१, कैलालीका ५३, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८-२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६-१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४-१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
आज थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ ।