नेपालमा आज थपिए ३६३७ कोरोना संक्रमित, थप २१ जनाको मृत्यु

नेपालमा आज थपिए ३६३७ कोरोना संक्रमित, थप २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।


नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।