ओली र रअ प्रमुख गोयलबिच २ घण्टा गोप्य वार्ता

ओली र रअ प्रमुख गोयलबिच २ घण्टा गोप्य वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । बुधबार राति नै प्रधानमन्त्री ओलीले प्रमुख गोयलसँग २ घण्टा भेटवार्ता गरेको स्रोतले बतायो ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो। गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन्।

नेपाल भारत सीमा विवादमा भारतले नपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका हुन्। गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ।