काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।