नेता नेपाललाई ओलीको अफरै अफर, भने-'पूर्वएमालेहरू मिलौं'

नेता नेपाललाई ओलीको अफरै अफर, भने-'पूर्वएमालेहरू मिलौं'

काठमाडाैं । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुरी बढिरहेकै बेलामा मंगलबार ओलीले वरिष्ट नेता माधव नेपालसँग झण्डै ३ घण्टा वार्ता गरेका छन् । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले नेपाललाईआफूसँग मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

नेकपा कर्णालीको विवाद समाधानमा ओली र प्रचण्डबीच सहमति जुट्न नसकिरहेको बेलामा ओली र माधवको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा ओलीले पूर्वएमालेहरु मिलेर महाधिवेशनमा जानुपर्ने बताएका थिए । 

ओलीले महाधिवेशनमा एकल अध्यक्षदेखि मन्त्रिमण्डलमा उचित स्थान र कर्णाली प्रदेशको मुख्यमन्त्री नेपाल समूहलाई दिनेसम्मका अफर गरेको बताइन्छ । पूर्वएमाले एक नभएमा नेकपामा पूर्वमाओवादी हाबी हुनेतर्फ ओलीले नेपाललाई सजग गराएका थिए । 

मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिलाई लिएर ओलीविरुद्ध प्रचण्ड र नेपाल समूहले घेराबन्दी गरिरहेको छ । उक्त घेराबन्दी तोड्न ओलीले नेपालको साहरा लिन खोजेका छन् । ओलीका अफरलाई नेता नेपालले कुन रुपमा लिन्छन् भन्ने आगामी दिनहरुमा खुल्दै जानेछ ।