जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा प्रस्ताव गरेको छ ।  सोमबारदेखि सुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो ।

जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बताए ।

परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिए ।