ओली-प्रचण्डबीच छलफल सकियो, कर्णाली विवाद सल्ट्याउनेबारे भयो यस्तो सहमति

ओली-प्रचण्डबीच छलफल सकियो, कर्णाली विवाद सल्ट्याउनेबारे भयो यस्तो सहमति

काठमाडौं । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न त्यहाँको पार्टी कमिटी र संसदीय दललाई नै निर्देशन दिएका छन् । ओली-प्रचण्डबीच आज बालुटावारमा भएको छलफलमा कर्णाली प्रदेश संसदीय दलमा देखापरेका समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी, संसदीय दललाई नै दिने सहमति भएको थियो ।

गत आइतबार  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँका संसदीय दलका १८ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा ओली पक्षका ८ जना, माधव नेपाल पक्षका ७ जना र पूर्वमाओवादी केन्द्रका ३ जना सांसद थिए ।

विवाद उत्कर्षतिर अभिमुख भएपछि अध्यक्षद्वय ओली, प्रचण्डले पत्रै काटेर दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । दुवै अध्यक्षले सबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए । दुवै पक्षसँगको कुराकानीका आधारमा समस्या समाधान गर्न प्रदेशलाई नै जिम्मा दिएको प्रचण्ड स्रोतले जानकारी दिए ।

अविश्वासको प्रस्तावबाट नेपालसमूह पछि हटिसकेको छ । नेपाल समूहका ८ जना सांसदरूले समर्थन दिनेबित्तिकै महेन्द्र शाही बहुमतमा पुग्छन् । अहिले मुख्यमन्त्री शाहीसँग १२ सांसद छन् । संसदीय दलको बैठक कात्तिक ७ गतेलाई तय भएको छ ।