दशैंलाई लक्षित गरी गृह मन्त्रालयले जारी गर्यो कडा निर्देशन

दशैंलाई लक्षित गरी गृह मन्त्रालयले जारी गर्यो कडा निर्देशन

काठमाडाैं । गृह मन्त्रालयले दशैंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।

चाडबाडको बेलामा मानिसको आवत(जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ । 

यसअघि मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको थियो । आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो ।