संकटकाल र कर्फ्युको हल्लाबारे गृह मन्त्रालयले जारी गर्‍यो यस्तो विज्ञप्ति

संकटकाल र कर्फ्युको हल्लाबारे गृह मन्त्रालयले जारी गर्‍यो यस्तो विज्ञप्ति

काठमाडौं । गृहमन्त्रालयले कर्फ्यु र संकटकालको तयारी भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला निराधार भएको प्रस्ट पारेको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले सोमवार एक विज्ञप्ति जारी गरी उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत रहेको उल्लेख गरेका हुन् ।


गृहले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।