काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन् ।
संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दशैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्। कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।
कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए।