काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको बताएका छन्। हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताए ।
आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको बताए। ‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय, बाटा, सरकारी भवन निर्माण भइरहेको छ। शिलान्यास भइरहेको छ।’
प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको पनि बताए। सरकारले कुरा मात्रै नभइ काम पनि गरेको उनको भनाई थियो । कोरोनाले समस्या नपारेको भए देशमा चौतर्फी बिकास भैसक्ने उनले बताए ।