मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्‍ने भएको छ । प्रधानमन्‍त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

बुधवार थपिएका अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहीवार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।