कर्णालीका मुख्यमन्त्री शाहीले भेटे प्रचण्डलाई, प्रचण्डले दिए यस्तो आश्वासन

कर्णालीका मुख्यमन्त्री शाहीले भेटे प्रचण्डलाई, प्रचण्डले दिए यस्तो आश्वासन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका छन् । कर्णालीमा देखिएको राजनीतिक विवादलाई लिएर  शाहीसहित सो समूहका नेताहरूले बिहीवार प्रचण्डको निवास खुमलटारमा भेटेर कर्णालीको राजनीतिक संकटबारे छलफल गरेका हुन् ।

संसदीय दलका बहुमत सदस्यले मुख्यमन्त्री एवं दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्तावका लागि भन्दै हस्ताक्षर संकलन गरेपछि कर्णालीको विवाद सतहमा आएको थियो । आफूविरुद्ध हस्ताक्षरको अगुवाइ गरेको भन्दै शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए । 

यो विवादलाई लिएर केन्द्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भएको थियो । शाहीको टोलीसँग प्रचण्डले सहमति गरेर अगाडि बढाउने र सरकार परिवर्तन नहुने आश्वासन दिएका छन् । उनीहरुसँग नेकपा अध्यक्षद्धयले समूहिक भेट गर्ने बताइएको छ ।