काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पौडेलले अपरान्ह सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जना मन्त्रीले बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।