काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवंं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीमा भैरहेको विवादबारे आज छलफल भएको छ । छलफलमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारीको कुरा सुनेपछि निर्णय लिने सहमति भएको छ। आज दुई अध्यक्षबीच करिब ३ घण्टा छलफल चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजै मुख्यमन्त्री शाहीसहित प्रदेश कमिटीका सबै पदाधिकारी काठमाडौ आउने तयारी गरेका छन् । प्रदेशका मुख्यमन्त्रीसहित सहइन्चार्ज यामलाल कँडेल,अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा आउने भएका छन् । उनीहरुसँग अध्यक्षद्वयले भोलि कुराकानी गर्ने भएका छन् ।
सबै पदाधिकारीका कुरा एक–एक गरेर सुनेपछि दुई अध्यक्ष निष्कर्षमा पुग्ने बताइएको छ। उक्त विवादलाई मन्त्रिपरिषद पुनर्गठन गरेर मिलाउने सम्भावना धेरै देखिएको छ। प्रचण्ड र नेपाल समूह मिलेपछि अविश्वासको प्रस्ताव अगाडि बढेको थिएन ।