काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो ।
सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा नोवेल कोरोना भाइरसका कारण संवैधानिक इजलास बस्न नसकेको हो । हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।