काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. गोविन्द केसीको वार्तामा मुख्य भूमिका खेलेका मन्त्री पोखरेलले सरकारी वार्ता टोली सँगैसँगै थिए ।
डा. केसीसँग सहमति हुनु अगाडि शनिबार मात्र शिक्षा मन्त्री पोखरेल वार्ता टोलीलाई लिएर बालुवाटर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । त्यसैले प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
कमजोर स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्री ओलीलाई कोरोनाबाट बचाउन चिकित्सकहरुले दवाव दिंदै आएका छन् । तर बालुवाटारको हेलचक्र्याइले ओली पटक पटक कन्ट्याक्ट ट्रेसिङमा पर्दै आएका छन् ।