मन्त्रिपरिषद् बैठकले फेरि गर्यो महत्वपूर्ण नियुक्ति

मन्त्रिपरिषद् बैठकले फेरि गर्यो महत्वपूर्ण नियुक्ति

काठमाडाैं । गत विहिबार बसेको मन्त्रिपरिषद् बैठकले पनि महत्वपूर्ण निर्णय गरेको छ ।  अर्थ मन्त्रालयका राजश्व तर्फका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोणको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसकुराको जानकारी दिएका हुन् । 

यसैगरी बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेश कुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदना राई, मोहम्मद शेख गरी ९ जनालाई मनोनयन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा काठमाडौंका सानुराज शाक्यलाई नियुक्त गरेको छ भने नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा काठमाडौंका डिम प्रसाद पौडेललाई नियुक्त गरिएको छ । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेललाई सचिवमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गरिएको छ ।