काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र कोरोनाले काठमाडौंमा १ महिला र २ जना पुरुष, ललितपुरका २ पुरुष र भक्तपुरका एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ ।
आज नेपालभर थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुलसंक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।