काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।
तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन । वरियता विवादमा रुमलिएको जसपाले यहि बैठकबाट पार्टीका सबै प्रकारका विवादको समाधान खोजिने बताइएको छ ।