नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारियो

नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारियो

काठमाडौं । कोरोना संक्रमणका कारण उपचाररत नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ ।

वीर अस्पतालमा उपचाररत चौधरीलाई गएराति आईसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दियो ।

चौधरीलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । 

चौधरी यसअघि क्यान्सरबाट समेत पीडित भएकी थिइन् । 

क्यान्सर निको भएपछि उनी राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।

चौधरीलाई यही असोज १९ गते कोरोना पुष्टि भएको थियो ।