काठमाडौं । सरकारले सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न विश्वविद्यालय, कलेज तथा स्कूलहरूलाई अनुमति दिएको छ । यही असोज १९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने पनि उनले जानकारी दिए । परिस्थिति र अवस्थाअनुसार परीक्षा सञ्चालन गर्न सकिने, तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्ने उनले बताए ।
साथै बैठकले राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्न निर्णय पनि गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय