सबै तहका परीक्षा सञ्चालन गर्न सरकारले दियो सैद्धान्तिक सहमति

सबै तहका परीक्षा सञ्चालन गर्न सरकारले दियो सैद्धान्तिक सहमति

काठमाडौं । सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै तहका परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए । 

यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने पनि उनले जानकारी दिए । परिस्थिति र अवस्थाअनुसार परीक्षा सञ्चालन गर्न सकिने, तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्ने उनले बताए । 

यद्दपी नेपालमा कोरोना भाइरस आक्रमक रुपमा फैलिरहेकोले तत्काल भने परीक्षा लिन सक्ने अवस्था नरहेको भन्दै परीक्षाको लागि हतार नगर्न विज्ञहरुले सुझाव दिंदै आएका छन् ।