काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप १५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ७८ जना, ललितपुरमा दुई सय ५० जना र भक्तपुरमा एक सय तीनजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।
आज थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।
आज कुन जिल्लामा कति थपिए संक्रमित ?