प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि विरोध गरेको छ । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका छन् ।  सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो । 

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन् ।  मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए । नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ ।

मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन् । लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी तोडफोड गरेका छन् ।