काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका तीन जना सल्लाहकार, एक स्वकीय सचिव र ठूलो संख्याका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए।
‘आजको लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ', ती सचिवालय सदस्यले भने, 'प्रधानमन्त्री ओलीको सचिवालयका केही सदस्यलाई कोरोना भएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा बस्नु भएकोले बैठक स्थगित गरिएको छ।’
राजदूत नियुक्ति प्रकरणलाई लिएर नेकपामा विवाद बढेपछि सचिवालय बैठकबाट समाधान खोज्ने सहमति अध्यक्षद्धय प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको थियो ।