काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् । त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन् । जसमा ८० महिला र ११६ पुरुष छन् । ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन् ।
नेपालमा आज अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ ।
एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ । बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?