बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने तयारी भैरहेको एक मन्त्रीले जानकारी दिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
प्रदेश राजधानीको टुंगो लगाएर मुख्यमन्त्री शंकर पोखरेल केन्द्रीय सरकारमा सहभागी हुने तयारीमा रहेको स्रोतले बतायो । ओलीले पोखरेललाई अर्थमन्त्री बनाउन चाहेको बताइन्छ ।