ओली-प्रचण्डबीच भेटवार्ता जारी, सचिवालय बैठक बोलाउन अध्यक्षद्धयलाई दबाव

ओली-प्रचण्डबीच भेटवार्ता जारी, सचिवालय बैठक बोलाउन अध्यक्षद्धयलाई दबाव

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेपछि प्रचण्डलगायतका नेताहरु रुष्ट बनेका छन् । आजको छलफल गसै विषयमा केन्द्रित हुने बताइएको छ । 

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए। हिजोको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइएको थियो । 

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए। प्रचण्डलाई सचिवालय बैठक बोलाउन दवाव परेको छ ।