काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । बुधबार भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दैहेर्दै तोकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा गौतमको मुद्दा पेशीमा रहेको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। राष्ट्रिय सभामा गौतमको सिफारिस ठीक हो भन्ने पक्षमा बहस गर्न ३० भन्दा धेरै कानुन व्यवसायीले तयारी गरेका छन्।
वरिष्ठ अधिवक्ता युवराज संग्रौलासहितको टोली गौतमको पक्षमा बहस गर्न उत्रदैंछ। दुई जना सरकारी वकिलको बहस पनि बाँकी छ। गौतम पक्षको बहसपछि निवेदकले जवाफ दिने समय पाउनेछन् । अनिमात्र सर्वोच्चले आफ्नो निर्णय सुनाउने छ। सवै पक्षको बहस शुक्रवार समाप्त भए गौतमको विषयमा निर्णय हुने छ।