युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइने

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइने

काठमाडाैं । सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

लोकदर्शन रेग्मीले मुख्य सचिव पदबाट राजीनामा दिएका छन् । रेग्मीले कार्यकाल नसकिँदै बिहीवार राजीनामा दिएका हुन् । रेग्मीको कार्यकाल कात्तिक ३ सम्म थियो ।

रेग्मीले राजीनामा गरेपछि अब शंकरदास बैरागी मुख्य सचिव बन्ने सम्भावना प्रवल बनेको छ । राजीनामा दिएका रेग्मीलाई बेलायतको लागि राजदूत बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

बिहीवारको आकस्मिक मन्त्रिपरिषदको बैठकले रेग्मीको राजीनामा स्वीकृत गरिसकेको छ भने खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरिसकेको छ ।