काठमाडाैं । मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा बसिरहेको छ । आजको बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । वालुटारस्रोतका अनुसार मुख्यसचिव रेग्मीको राजीनामापछि अहिले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।
रेग्मीको कार्यकाल कार्तिक ३ गते सकिँदै थियो। बिहान १० बजेबाट बैठक सुरु भएलगत्तै रेग्मीले राजीनामा दिएका थिए । एक मन्त्रीका अनुसार गए रातिनै मन्त्रीहरुको सचिवालयलाई खबर गरेर बिहान मन्त्रिपरिषदको बैठक रहेको जानकारी गराइएको थियो।
बैठकको एजेण्डाबारेमा मन्त्रीहरुलाई भने कुनै जानकारी गराइएको थिएन । मनित्रपरिषद्को नियमित बैठक सोमबार र बिहीबार साँझ बस्ने गरेपनि आजको बैठक भने बिहानै बोलाईएको थियो ।