बलात्कार बढे पनि विश्वका अरु देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक छैन : गृहमन्त्री

बलात्कार बढे पनि विश्वका अरु देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६र७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गरे । यद्यपि यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए ।

अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले बताए । दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने भन्दै उनले भने, ‘अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ ।’

यद्यपि नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको मन्त्री थापाले बताए । ‘सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ’ उनले भने ।