ओली–प्रचण्ड भेटवार्ता स्थगित, मन्त्रिमण्डल पुनर्गठन अनिश्चित

ओली–प्रचण्ड भेटवार्ता स्थगित, मन्त्रिमण्डल पुनर्गठन अनिश्चित

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ९बुहुने भनिएको भेटवार्ता स्थगित भएको छ। पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनका विषयमा दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल एकाएक स्थगित भएको हो।

बालुवाटार स्रोतले भने अध्यक्ष प्रचण्डले बैठक स्थगित गरेको जानकारी दिएको छ। मन्त्रिमण्डल पुनर्गठनका विषयमा दुवै अध्यक्षहरु आ–आफ्नो अडानमा हुँदा झण्डै एक हप्तादेखि हुँदै आएको छलफल निष्कर्षविहीन हुँदै आएको थियो।

बुधबारको छलफल नै अनिश्चित बनेपछि मन्त्रिमण्डल पुनर्गठन थप अनिश्चित बनेको छ। नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड सर्वोच्चले उपाध्यक्ष वामदेव गौतमको मुद्दाको टुंगो लगाएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहेको जनाएको छ। 

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि आज बहस हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट आज फैसला हुने भएको छ ।