कोरोनाविरुद्धको रूसी खोप मङ्सिरदेखि नेपालमा उपलब्ध हुने

कोरोनाविरुद्धको रूसी खोप मङ्सिरदेखि नेपालमा उपलब्ध हुने

काठमाडौं । रूसले परीक्षणको तेस्रो चरणमा पुर्‍याएको कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ । ​रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो । 

परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन्‌।  परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले बताए। उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ। 

खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ। एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो । बुक गरेको खोप परीक्षण क्रममा रहेको र  सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउने बताइएको छ ।