काठमाडौं उपत्यकामा मंगलबार थप नौ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा सात सय ४७, ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३ जनालाई संक्रमण देखिएको हो ।
देशभर आज १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा सात सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको मन्त्रालयले बताएको छ ।
कुन जिल्लामा कति ?