झिकिएकै हो त वीर अस्पतालमा संक्रमितको आँखा ? यस्तो आयो जैसवालको पोस्टमार्टम रिपोर्ट

झिकिएकै हो त वीर अस्पतालमा संक्रमितको आँखा ? यस्तो आयो जैसवालको पोस्टमार्टम रिपोर्ट

काठमाडाैं । मृत्युपछि कोरोना पोजेटिभ देखिएका केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको अधिकारीहरुले बताएका छन् । केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ६३ वर्षीय जैसवालको आँखा, मृगौललगायत कुनै पनि अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको बताए। 

नले भने, ‘प्रारम्भिक रिपोर्टमा हल्ला भएजस्तो केही पनि देखिएको छैन। अब भिसेरा रिपोर्ट आउन बाँकी छ’, बास्कोटाले भने। रुपन्देही घर भएका जैसवाललाई अशोज ३ राति १० बजेर ५५ मिनेटमा वीर अस्पतालले मृतक घोषणा गरेको थियो। उनलाई अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको वीरका अधिकारीले बताएका थिए। 

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। तर मृतकका आफन्तले कोरोना पोजेटिभ देखाएर जैसवालको आँखा, मृगौला झिकिएको आशंका गरेका थिए। त्यसपछि सरकारले कोरोना पोजेटेभि देखिएपनि जैसवालको पोष्टमार्टम गर्ने निर्णय गरेको थियो।