ओली–प्रचण्डबीच छलफल, ६ मन्त्रीको बिदाई गरी १२ मन्त्री थप्ने तयारी

ओली–प्रचण्डबीच छलफल, ६ मन्त्रीको बिदाई गरी १२ मन्त्री थप्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भइरहेको छ । केही बेरअघि बालुवाटारमा सुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । धेरै मन्त्री हटाउन प्रधानमन्त्री ओली तयार नभएपछि ६ जना मात्र मन्त्रीको बिदाई गर्ने तयारी गरिएको छ । 

ओली प्रचण्डबीच  ३ मन्त्रालय फुटाउने सहमति भैसकेको छ । यसअघिदेखि नै खाली रहेका ३ मन्त्रालयसहित  ६ मन्त्रालय खाली रहने भएका छन् । त्यसैगरी ६ जना मन्त्रीहरुलाई राजीनामा गराएर १२ जना नयाँ मन्त्री थप्ने ओली प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ । 

ओली प्रचण्डबीच शक्त बस्नेत,  गिरिराजमणि पोखरेल,  पद्मा अर्याल, रामेश्वरराय यादव,  विना मगर रजगत विश्वकर्मालाई पदबाट हटाउने सहमति भएको बालुवाटार स्रोतको दाबी छ ।

नयाँ मन्त्रीहरुमा विष्णु पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, बेदुराम भूषाल, महेश बस्नेत, कृष्ण गोपाल श्रेष्ठ, गणेश ठगुन्ना, खगराज अधिकारी, यज्ञराज सुनुवारको नाम मन्त्री बन्ने सूचीमा छ ।