नयाँ मन्त्रीको नाम फाइनल गर्न ओली-प्रचण्डबीच छलफल, यी १२ नेता मन्त्री बन्ने सम्भावना

नयाँ मन्त्रीको नाम फाइनल गर्न ओली-प्रचण्डबीच छलफल, यी १२ नेता मन्त्री बन्ने सम्भावना

काठमाडौं । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुर्नगठनको विषयमा सहमति जुटाउन छलफल भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा राजीनामा माग्ने मन्त्री र नयाँ मन्त्रीकाे नाम तय भएकाे बताइएकाे छ । 

ओली प्रचण्डबीच हिजोको भेटमा ३ मन्त्रालय फुटाउने सहमति भैसकेको थियो । यसअघिदेखि नै खाली रहेका ३ मन्त्रालयसहित  ६ मन्त्रालय खाली रहने भएका छन् । त्यसैगरी २ वर्ष कार्यकाल पुरा गरेका र कार्यसम्पादन कमजोर रहेका ६ जना मन्त्रीहरुलाई राजीनामा गराएर १२ जना नयाँ मन्त्री थप्ने ओली प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ । 

नयाँ मन्त्रीहरुमा विष्णु पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, बेदुराम भूषाल, महेश बस्नेत, कृष्ण गोपाल श्रेष्ठ, गणेश ठगुन्ना, खगराज अधिकारी, यज्ञराज सुनुवारको नाम मन्त्री बन्ने सूचीमा छ ।