आज काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, कुन जिल्लामा कति ?

आज काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना गरी जम्मा ८०९ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरमा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ५३ हजार ८९८ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.४ प्रतिशत हो। 

नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

 कुन जिल्लामा कति ?