आज थपिए १५७३ जनामा कोरोना संक्रमित, थप १० जनाको निधन

आज थपिए १५७३ जनामा कोरोना संक्रमित, थप १० जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन् । मन्त्रालयका अनुसार हाल ६ हजार २२१ जना क्वारेन्टाइनमा छन्। आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३  हजार ८९८ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३।४ प्रतिशत हो। 

नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।