यस्तो आयो अनसनरत डा. केसीको कोरोना रिपोर्ट

यस्तो आयो अनसनरत डा. केसीको कोरोना रिपोर्ट

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । १९औं अनसनमा रहेका डा. केसीलाई भेटेकी त्रिवि चिकित्साशात्र अध्ययन संस्थानकी डीन डा. दिव्या सिंह शाहलाई शनिबार संक्रमण पुष्टि भएपछि केसीको पनि स्वाब दिइएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै २९ भदौमा जुम्लामा अनसन बसेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । 

उनको समर्थनमा राजधानीलगायतका क्षेत्रमा प्रदर्शनहरु भैरहेका छन् ।