मन्त्रिपरिषद् बैठक जारी, थपिने भए यस्ता मन्त्रालय

मन्त्रिपरिषद् बैठक जारी, थपिने भए यस्ता मन्त्रालय

काठमाडाैं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको समयमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केही मन्त्रीको राजीनामा मागिने र केही मन्त्रालय फुटाउने विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ ।

नेकपा उच्च स्रोतले आजभोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बतायो । मन्त्रिपरिषद् पुनर्गठन अघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार पनि छलफल भएको थियो । सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार अध्यक्षद्वयलाई दिएको थियो ।

सरकारले रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी गरेको छ । मन्त्रिपरिष्द पुनर्गठनमा रेल र पानीजहाज मन्त्रालय बनाउने गरी तयारी भइरहेको नेकपा स्रोतले बतायो । त्यसैगरी आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय गर्ने तयारी भैरहेको छ ।