ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुर्नगठन आजै !

ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुर्नगठन आजै !

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ । 

स्रोतका अनुसार ओली-प्रचण्ड आजै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी भैरहेको छ । दुई अध्यक्षबीच आज बिहानको भेटमा तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति जुटेको स्रोतको दाबी छ ।

आजै मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमै मन्त्रिपरिषद् पुनर्गठनको संकेत गरेका थिए । आजको बैठकमा राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिने भएको छ । आजै दोस्रो चरणमा नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी छ । समय व्यवस्थापन हुन नसकेमा भोलिको बैठकमा मन्त्रिपरिषद् पुर्नगठन गरिने बालुवाटार स्रोतले बतायो । 

नेकपा सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोही अनुसार अध्यक्षद्वय बीच बिहीवार र शुक्रवार पनि पनि छलफल भएको थियो ।