काठमाडाैं । काठमाडौं उपत्यकामा शनिबार थप सात सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई संक्रमण देखिएको हो ।
देशभर आज १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा ११ सय ४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
आज थप आठ जनाको कोरोनाको कारणले मृत्यु भएको मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ ।
कुन जिल्लामा कति ?