काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका विभिन्न जिल्लामा विगत २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ। यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७१ हजार ८ सय नाघेको छ।
आज थप आठ जनाको कोरोनाको कारणले मृत्यु भएको मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार १४७ जना रोगमुक्त भएका छन्। यससँगै कोरोना निको हुनेको सङ्ख्या ५३ हजार नाघेको छ