काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुष रहेका छन् ।

नेपालभर आज १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्। हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४५५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

कुन जिल्लामा कति ?