काठमाडौं उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

तीमध्ये काठमाडौंका ६ सय ९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जना छन्। हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै  ४५७ निको भई घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित ?